समाज

नेपाली सेनाका उपरथी थापा रथीमा बढुवा

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रथी पदमा बढुवाका लागि सिफारिस भएका छन्।

पुस ३ गते सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि थापालाई बढुवा सिफारिस गरिएको हो।

नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार  सिफारिस गर्ने निर्णय गरेको हो। त्यसका लागि ७ दिने सूचना जारी गरेको छ। सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी थापालाई रथी पदमा बढुवालागि सिफारिस गर्ने निर्णयका साथ सूचना जारी भएको जानकारी दिए।

उपरथी थापा हाल राष्ट्रसङ्घीय शान्ति मिसन सिरियामा फोर्स कमान्डरको रुपमा कार्यरत छन्।

प्रकाशित: १२ पुस २०८० ०७:२९ बिहीबार

नेपाली सेना निर्मलकुमार थापा