समाज

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

काठमाडौँ प्रहरीले सिफलबाट २१ जना जुवाडेलाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित मंगलबार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ पुस २०८० ०५:५२ बिहीबार

काठमाडौँ प्रहरी काठमाडौँ सिफल २१ जना जुवाडे जुवाडे पक्राउ काठमाडौँ महानगरपालिका–८ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका