समाज

बाल विवाह रोक्न अभियान

महावै गाउँपलिकाले बालविवाह रोक्न अभियान चलाउने भएको छ। बालविवाहविरुद्ध साझा अभियान सञ्जाल कालिकोटले बालविवाह न्यूनिकरणका लागि जनप्रतीनिधिहरुसँग गरेको समन्वयात्मक बैठकमा महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।

नेपाल सरकारले २०३० सालसम्म बालविवाह न्यूनिकरण गर्ने घोषणा गरेसँगै महावै गाउँपलिकालाई पनि वालविवाह मुक्त पालिका घोषणा गर्नलाई रणनीतिक योजना कायन्वय गरी बाल विवाह रोक्न विभिन्न कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ।

विगत केहि वर्षदेखि बालविवाहविरुद्ध साझा अभियानले तीन वटा पालिकामा वालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवालाहरुसँग समन्वयात्मक बैठक, बालविवाह सम्बन्धी कानुनी प्रावधानमा अभिमुखिकरण, बालविवाह तथा चाँडै हुने विवाह न्यूनिकरण तथा रोगथामका, सम्बन्धी अभिमुखिकरण जस्ता कार्यक्रम गर्दै आएको बालविवाहविरुद्ध साझा अभियानका जिल्ला संयोजक खडानन्द अधिकारीले बताए।

कार्यक्रममा सहभागीले समुदाय स्तरमा अभियान सञ्चालन गर्ने, प्रत्येक वडामा प्रतिबद्धताको लागि हस्ताक्षर अभियान शुरु गर्ने, स्थानीय सरकारसँग बनेको रणनीतिक योजना कार्यान्वयन गर्ने, किशोरकिशोरी सञ्जाल गठन गरी उनीहरुमार्फत विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गर्दा बालविवाह न्यूनिकरणमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

बालविवाह रोक्न बनेको रणनिति योजनालाई महावै गाउँपालिकामा कार्यान्वयनको लागि पालिकाको हिउँदे अधिवेशनमा छलफल गरी कार्यान्वयनमा ल्याउन पलह गर्ने वडा अध्यक्षहरुले प्रतिबद्धता समेत जनाएका छन्।

प्रकाशित: १२ पुस २०८० ०५:४७ बिहीबार

महावै गाउँपलिका बालविवाह बालविवाह रोक्न अभियान अभियान चलाउने बालविवाहविरुद्ध साझा अभियान सञ्जाल बालविवाह न्यूनिकरण नेपाल सरकार