समाज

बँदेल आक्रमणमा परी एकजना घाइते

बँदेल आक्रमणमा परी मेलौली नगरपालिका २ का ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्। बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा चन्द घाइते भएको स्थानीयले बताए।  

चन्दको शरीरमा सामान्य र खुट्टामा गहिरो चोट लागेको छ। घाइते चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

चन्दको डडेलधुरामा पनि उपचार हुन नसकेपछि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको मेलौली नगरपालिका २ का वडाध्यक्ष कृष्णदत्त भट्टले बताए।

प्रकाशित: १२ पुस २०८० ०४:०६ बिहीबार

रामबहादुर चन्द मेलौली नगरपालिका बँदेल आक्रमणबाट घाइते