समाज

ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

धनुषा – धनुषामा शनिबार राति भएको ट्रिपर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटना परेर मृत्यु हुनेमा ट्रिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रिपर पल्टिदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ।

दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ।

प्रकाशित: २१ माघ २०७४ ०५:३१ आइतबार

ट्रिपर दुर्घटनामा जनाको मृत्यु