समाज

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

रुकुम- दाङवाट सिमेन्ट बोकेर रुकुम (पुश्चिम) आउँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ सम्दी मोडमा टिप्पर खस्दा चाकल बाँके कोहलपुर नगरपालिका वडा नं. १० का २८ बर्षिय सुरज बोहरा र सहचालक डोटीका अन्दाजी २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको हो।

ट्रिपरको ब्रेक फेल भई सडकवाट खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरत बिकले जानकारी दिए। उनका अनुसार ट्रिपर सडक भन्दा करिब ६० मिटर तल खसेको थियो। दुवै जनाको राप्ती उपक्षेत्रीय अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बिकले जनाए ।

प्रकाशित: २० माघ २०७४ ०७:३३ शनिबार

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु