समाज

कस्तुरीको बिना सहित पक्राउ

काठमाडौं- संरक्षित वन्यजन्तु कस्तुरीको बिना सहित चितवनको चैनपुर घर भई बाराको जितपुर उपमहानगरपालिका–१ बस्ने ५६ वर्षीय बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विश्वकर्मालाई बिहीबार बाराको जितपुर उपमहानगरपालिका–१ गोविन्द टोलबाट ५ सय ग्रामको कस्तुरीको बिना ११ थान सहित पक्राउ गरेको हो।

विश्वकर्मालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला बन कार्यालय सिमरा बारामा बुझाइएको छ।

प्रकाशित: १९ माघ २०७४ ०८:२९ शुक्रबार

कस्तुरीको बिना सहित पक्राउ