समाज

मलेशियामा दमकका विष्टको मृत्यु

दमक –  झापा दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो।

तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए।  (रासस)

प्रकाशित: १८ माघ २०७४ ०५:४२ बिहीबार

मलेशियामा दमकका विष्टको मृत्यु