काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा रहेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दा लामो हेर्दाहेर्दैमा परेको हो।
सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्रयाक अर्थात प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको जर्बजस्तीकरण सम्बन्धी मुद्दा लम्बिँदै गएको छ। २०७९ कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।
अन्तिम बहसका लागि दैनिक पेशीमा चढेको मुद्दामा आज सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीबाट बहस भएको थियो।
मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। मंसिर २४ मा न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी परेको मुद्दामा लामिछाने पक्षका कानुन व्यवसायीहरुले स्थगित गरेका थिए।
पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्ता देखि बसाइसराईसम्मको माग्ने आदेश गरिसकेको छ। हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो।
प्रकाशित: ८ पुस २०८० ११:४२ आइतबार