समाज

अदालत प्रविधिमैत्री बन्दै

उच्च अदालतका इजलासमा आजदेखि दैनिक मुद्दाको स्वचालित पेशी थालिएको छ। कर्मचारीले तोक्दै आएको पेशी अबदेखि स्वचालित रुपमा सफ्टवेयर ९स्वचालित पेशी तारेख व्यवस्थापन०बाट सुरु हुने गरी व्यवस्था गरिएको हो। 

यस अघि सर्वोच्च अदालतमा थालिएको स्वचालित पेशी उच्च अदालतमा पनि सुरु भएको हो। प्रधानन्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठले आज आइतबार उच्च अदालत पाटनमा स्वचालित पेशीको उद्घाटन गरेका छन्। योसँगै सेवाग्राहीले मुद्दा दर्ता गरेपछि कुन दिन पेशी लिने भन्ने चिन्ता हटेको हो।

अबदेखि उच्च अदालतका इजलासहरूमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ। विचाराधीन मुद्दाहरूमा तोकिने पेशी हालसम्म अदालतका कर्मचारीले दैनिक रुपमा पेशी तोक्दै आएका थिए। सर्वोच्च अदालतमा भदौ ११ देखि सुरु भएको हो।

प्रकाशित: ८ पुस २०८० ०७:४१ आइतबार

उच्च अदालत