समाज

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङ – मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन्। जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी अनधुनिक मिल भने छैन। 

यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन्। 

उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, करु पिस्ने गरेको वडार गाउँकी मीनकासी गुरुङले बताए। 

प्रत्येक गाउँमा एउटा पानीघट्ट रहेको र पानी घट्टकै सहरामा गुजारा चलाएको चामे गाउँपालिकाकी खरीमाया गुरुङले बताए।  (रासस)

प्रकाशित: १७ माघ २०७४ ०८:४८ बुधबार

मनाङमा पानी घट्टको प्रयोग