समाज

कालगतिले १७ गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये २ बच्चासहित ४ गैँडा बाढीका कारण मरेका हुन्। 

शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। 

निकुञ्ज क्षेत्रमा ३ र वन क्षेत्रमा एक गरी ४ गैंँडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले २ र बाघले खाएर १ बच्चा मरेका छन्। 

५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हुँदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०–३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेका थिए। 

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको छ। 

गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए।  (रासस)

प्रकाशित: १७ माघ २०७४ ०७:०० बुधबार

कालगतिले १७ गैँडा मरे