समाज

मुग्लिन–नारायण सडक १० घण्टापछि खुल्यो

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टानका कारण रोकिएका सवारी राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन्।

मंगलबार दिनभर यहाँ तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु गरिएपनि घुमाउनेमा जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजे नै खुल्नुपर्ने सडक राति ८ बजेमात्रै सञ्चालनमा आएको छ। चट्टान पन्छाउन समय लागेकाले चार घण्टा ढिला गरी सवारी सञचालनमा आएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए।

बिहान १० बजेदेखि नै रोकिएका सवारी साधन १० घण्टापछि गन्तव्यतर्फ प्रस्थान गरेका छन्। तर हजारौँ सवारी सडकमा रहेकाले यातायात आवागमन भने प्रभावित भएको छ। यातायात सहज हुन रातभर नै लाग्ने अनुमान छ।

प्रकाशित: १६ माघ २०७४ १५:५२ मंगलबार

मुग्लिन–नारायण सडक १० घण्टापछि खुल्यो