समाज

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर बन्द

रुकुम – मंगलबार बिहानदेखि रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट बन्द गरिएको छ। आइतबार साँझ खलंगाका व्यवसायिक दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढाको सल्यान कपुरकोटमा दुर्घटनामा परि मृत्यु भएपछि मंगलवार बजार बन्द गरिएको हो।

बिहानैदेखी यहाँका कलकारखाना, व्यापार व्यवसायहरु बन्द भएका छन्। उद्योग वाणिज्य संघले एक शोक बिज्ञप्ती जारी गर्दै बजार बन्द गर्न आह्वान गरेको थियो। उद्योग वाणिज्य संघले दिउँसो २ बजे देखी व्यापार व्यवसाय खोल्नेगरी बन्द आह्वान गरेको थियो।

बुढाको दम्पत्ती व्यवसायिक कामका लागि दाङ जाँदै गर्दा मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ ११:३७ मंगलबार

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर