समाज

टिपर दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार रा १ ख २४०४ नम्बरको टिपर बिहीवार साँझ साढे आठ बजेतिर रिब्दीकोट गाउँपालिका–२ हारथोक चोकमा दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार दुर्घटनामा परी पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ। 

दुर्घटनामा परी घाइते भएका दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्तीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए। उनले घाइते दुबैजनाको अवस्था सामान्य रहेको पनि बताए।

उनले चालक हाल प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।  

प्रकाशित: ६ पुस २०८० ०२:५१ शुक्रबार

पाल्पा टिपर दुर्घटना आगलागीबाट घाईत भएका एक जनाको मृत्यु एक जनाको मृत्यु दुई जना घाइते जिल्ला प्रशासन कार्यालय पाल्पा आनन्द काफ्ले