समाज

खाने होइन त सामाजिक सुरक्षा कोषमा जागिर?

सामाजिक सुरक्षा कोषले ४४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले आज सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारी मागेको हो।

कोषले लोक सेवा आयोगको सहमतिअनुसार विभिन्न सेवा, समूह, उपसमूह तथा तहका कर्मचारीहरूका लागि आन्तरिक र खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

कोषले उप निर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका पदका लागि आवेदन मागेको हो। पद अनुसार उमेर हद ३५ वर्षदेखि ४० वर्षसम्म तोकिएको छ।

आवेदन दिने अन्तिम मिति पुस २६ गतेसम्म तोकिएको भए पनि डबल दस्तुर तिरेर माघ ४ गतेभित्र दिन पाइने व्यवस्था गरेको छ।

कोषले पद अनुसारको योग्यता र परीक्षा दस्तुर तोकेको छ।

प्रकाशित: ६ पुस २०८० ०२:२७ शुक्रबार

सामाजिक सुरक्षा कोष ४४ जना कर्मचारी दरखास्त आह्वान लोक सेवा आयोग उप निर्देशक