समाज

बौलाहा कुकुरको टोकाईबाट १६ विद्यार्थी घाइते

कालिकोट- बौलाहा कुकुरको टोकाईबाट एकै विद्यालयका १६ बालवालिका घाइते भएका छन्। शुक्रबार पलाँता गाउँपालिकाको देउली माध्यामिक विद्यालय उखाडीमा बालवाललिकालाई बौलाहा कुकुरले टोकेको हो। विहान १० बजेको समयमा लाईन लागिरहेका बेला एक्कासी विद्यालयको विद्यालयमा कुकुर प्रवेश गरेर बालवालीकालई टोकेको स्थानीय बलिराज शाहीले बताए। १६ मध्ये बालवालिका १ देखि कक्षा ५ सम्म पढ्ने १५ जना र १ जना ८ मा पढ्ने बालिकालाई बौलाह कुकुरले टोकेरघाईते बनाएको उनले बताए।

शुक्रबार बौलाह कुकुरले टोकेको भए पनि उक्त क्षेत्रमा संचार पहुँच नभएकाले ढिलो खवर आएको जिल्ला अस्पतालले जनाएको छ। आईतबार बल्ल ५ बालवालिका सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पुर्‍याएर भ्याक्सिन दिईएको जिल्ला अस्पतालका प्रमुख डा. कौशल अलीले बताए।’

स्थानीय बलिराज शाहीका अनुसार ५ जना बालवालिका जिल्ला अस्पताल गए पनि केहि जुम्लाको हिमा गाउँपालिका नराकोट स्वास्थ्य चौकीमा उपचार गर्न लगिएका छन्।

प्रकाशित: १४ माघ २०७४ १३:२८ आइतबार

बौलाहा कुकुरको टोकाईबाट १६ विद्यार्थी घाइते