समाज

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैनः प्रधान सेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताएका छन्।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन्।

नेपाली सेनाका तत्कालिन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताएका हुन्। उनले आफुहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारेका हुन्। उनले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका बताए। कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे।

उनले भने, ‘एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरुको अगाडी गिराउन खोज्ने यो गिरोहको काम हो। विवाद मात्रै ल्याएर हुँदैन। ति विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुप¥यो। जे पनि बोल्न पाइने। जे पनि भन्न पाइने। उनीहरुलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि। यि पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बर्बाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानून हुनुप¥यो। नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठिक भन्दैन। पत्याउँदैन।’

प्रकाशित: ४ पुस २०८० १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App