समाज

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले  सर्वोच्च अदालतको न्यायाधीशमा  ६ जना नियुक्त गरेका छन्।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्। 

संसदको सुनुवाइ समितिले न्यायाधीशहरूसँग सवाल जवाफ गर्दै सुनुवाइ गरेको थियो। सुनुवाइ पछि सबै जनाको नाम बैठकले अनुमोदन गरेको हो।

अनुमोदित न्यायाधीशहरुले राष्ट्रपतिबाट नियुक्ति लिएपछि प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिएपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम सुरु गर्नेछन्।

प्रकाशित: ४ पुस २०८० १०:५७ बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल