समाज

एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।  

युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका भएको क्याम्पेनमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीको उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले अबको नेपाल कस्तो बनाउने भन्नेबारे युवाहरूबाटै नयाँ खालका आइडिया लिने उद्देश्यले क्रियटर्स च्याम्पियनका कार्यक्रम बढाउँदै आइरहेको बताइन्।

‘युवाहरूले आफ्नो सपनाको नेपाल कसरी बनाउनुहुन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छोटो भिडियो तयार पार्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘युवाहरूले कस्तो नेपाल चाहन्छन् भन्ने उनीहरूकै आइडिया लिने उद्देश्यले यो च्याम्पियन कार्यक्रम सुरु गरिएको हो।’

मिडियाका अनुसार उत्कृष्ट भिडियो बनाउनेलाई नगद तीन लाख रूपैयाँसम्मको पुरस्कारको व्यवस्था गरिएको जनाएको छ। मिडियाका अनुसार देश कसरी बनाउने भन्ने आइडियासहितको भिडियो पठाउँदा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागि हुन सक्नेछन्।

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाहले सबै मिलेर हातेमालो गरेर अघि बढेमात्रै मुलुक बनाउन सकिने बताए। ‘सबै मिलेर हातेमालो गर्दै अघि बढेको खण्डमा मात्रै मुलुक बन्ने गर्छ,’ उनले भने, ‘अहिलेका युवा पुस्ताको मेहनत र अर्थक प्रयासले मात्रै मुलुकलाई अघि बढाउन सकिन्छ।’

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सिपल आशिष तिवारीले नेपालमैं बसेर केही नयाँ काम गर्न खोज्ने विद्यार्थीको लागि स्वदेशमा पनि पर्याप्त अवसर र सम्भावना रहेको बताए। ‘नेपालमा केही हुदैंन भन्ने मानसिकता राख्नुहँुदैन,’ उनले भने‘मेहनत र उत्साहपूर्वक काम गर्ने हो भने यहाँ पनि सम्भावनाको ढोका खोल्न सकिन्छ।’

प्रकाशित: ४ पुस २०८० ०२:४० बुधबार

अनिलकेशरी शाह समृद्धि ज्ञवाली एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’ नेपाल रिपब्लिक मिडिया म बनाउँछु नेपाल’ एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट प्रिन्सिपल आशिष तिवारी पूर्वबैंकर प्रमुख कार्यकारी अधिकृत