समाज

प्रज्ञापन पत्र विनाको मोबाइलको डिस्प्ले बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू बरामद भएको छ।

यति एयरको उडानमार्फत नेपालगन्जबाट काठमाडौं ल्याइएको प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू प्रहरीले बरामद गरेको हो।

विशेष सूचनाको आधारमा आधारमा १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्लेहरू बरामद गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त सामानहरू जय मां दुर्गा इम्पेक्स काठमाडौँको नाममा  ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो। बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको छ। 

प्रकाशित: ३ पुस २०८० ११:०६ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल