समाज

सन्तोषी माताको मन्दिरअगाडि फोहोरको थुप्रो

राजधानीको नागपोखरीस्थित सन्तोषी माताको मन्दिरअगाडि थुप्रिएको फोहोर । तस्बिर : नागरिक

काठमाडौं  –  काठमाडौं उपत्यकाको र्धािर्मक तथा पर्यटकीय सम्पदा हो  नागपोखरी । त्यहीँभित्र रहेको सन्तोषी माताको मन्दिर अव्यवस्थित छ । मन्दिरको प्रवेशद्वारअगाडिको सडकमा दिनहुँ फोहोर थुप्रिएको भेटिन्छ । फोहोरको थुप्रो देख्ने सचेत भक्तजनलाई भने खल्लो लागिरहेको छ ।

शुक्रबार बिहान साढे सात बजे सन्तोषी माताको मन्दिर दर्शन गर्न पुगेकी भक्त शोभा ज्ञवालीले फोहोरको थुप्रोमात्र देखिनन् । त्यही फोहोर बालेर आगो तापेको दृश्य देखिन्  । ‘फोहोर सधैं देखेको हो, आज बिहान मन्दिर पुग्दा त्यही फोेहोर बालेर आगो तापिरहेका थिए,’ ज्ञवालीलले भनिन् । प्रत्येक शुक्रबार मन्दिर पुग्दा त्यही फोहोर उनको मनमा घुमिरहने गर्छ । ‘व्यस्त सडकको बीचमा किन फोहोर फालेको होला ? फोहोर बिहानै उठ्नुपथ्र्यो, त्यो पनि उठेको हुँदैन,’ उनले  गुनासो पोखिन् ।

चार वर्षदेखि यो मन्दिरमा दर्शन गर्न पुगेकी ज्ञवालीले केही समय पहिला दुई महिनाजति यो सडकमा फोेहोर नभएको देखेको बताइन् । ‘दुई महिनाजति फोहोर थिएन, फेरि उस्तै छ, ट्राफिकले त देखेको हुनुपर्छ, नगरपालिकाले हो कि मन्दिर व्यवस्थापन समितिले फाल्ने ?,’ उनले भनिन् । मन्दिरको गेटमा देखिने फोहोर मन्दिरबाट निस्केको नभएर अन्य फोहोर भएको उनले बताइन् ।

सोही मन्दिर दर्शन गर्न पुगेकी काठमाडौं महाराजगंजकी रेनी सुवेदी पनि मन्दिरअगाडिको फोहोरको भु्क्तभोगी हुन् । उनी तीन वर्षदेखि सन्तोषी माताको मन्दिरमा दर्शन गर्न पुग्छिन् । ‘मन्दिरको नजिकै यो फोहोर वर्षौंदेखि देखेकी हुँ, कसलाई भन्ने मलाई थाहा हुन्थेन,’ उनले शुक्रबार नागरिकसँग भनिन् ।
। उनका अनुसार मन्दिरबाट निस्केको फोहोर गाईबस्तुलाई दिने चलन भएकाले सडकमा जम्मा भएको फोहोर मन्दिरको नभई घरको हुनुपर्छ ।

भक्त ज्ञवालीले राजदरबार नजिकैको मूल सडकमा वर्षौदेखि फोहोर थुपार्ने प्रवृत्तिले नगरपालिका र सहरवासीको खिल्ली उडाएको बताइन् । ‘सहरवासीले मूल सडकमा फोहोर फाल्नु हु्न्थेन, फाल्नै परे व्यवस्थित हुनुपथ्र्यो,’ उनले भनिन् । नगरपालिकालाई सडकको फोहोरको उचित व्यवस्थापन गर्न भक्तजनका तर्फबाट ज्ञवालीले आग्रह गरिन् ।


 

 

सन्तोषी माताको मन्दिरअगाडि फोहोरको थुप्रो