समाज

पातारासी गाउँपालिकालाई एम्बुलेन्स

जुम्ला – भारतीय राजदूतावासले गणतन्त्र दिवसका अवसरमा जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको छ।  दूतावासले गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरालाई काठमाडौं बोलाएर शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेको हो।

गत असार महिनामा भारतीय दूतावासमा पातारासी गाउँपालिकाका बासिन्दाले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको समस्या राखी निवेदन दिएको जानकारी दिँदै अध्यक्ष बोहोराले भने, ‘एम्बुलेन्स पाउँदा निकै खुसी छु। एम्बुलेन्सले यहाँका विरामीलाई समयमै अस्पताल पुरयाएर अकाल मृत्युबाट बचाउने अवसर मिलेको छ।’

पातारासी गाउँपालिकामा ४ वटा स्वास्थ्यचौकी छन। विरामीलाई सदरमुकाम खलंगा ल्याउन एउटा स्वास्थ्यचौकीबाट न्युनतम ३ देखि ६ घण्टा सम्मसमय लाग्छ। एम्बुलेन्स पाएपछि अब सहज हुने भएको छ।

प्रकाशित: १२ माघ २०७४ १४:१३ शुक्रबार

पातारासी गाउँपालिकालाई एम्बुलेन्स