समाज

बाजुरामा गयो भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रले  बाजुरामा ३.५ म्याग्निच्यूड को भूकम्प गएको जनाएको छ। 

केन्द्रले आज (सोमबार) बिहान ६ः५२ बजे बाजुराको कोल्टीमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको हो । 

बाजुरामा केही महिना यता नियमित रूपमा स–साना भूकम्पहरू गएका छन् ।

प्रकाशित: २ पुस २०८० ०१:५१ सोमबार

भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्र