समाज

जीप दुर्घटनामा एकको मृत्यु

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वखोला–६, लम्पालमा लु १ ज ३४९९ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तानसेनबाट लम्पालतर्फ गइरहेको जीपमा दुई जनामात्र सवार रहेको हेक्लाङ्गका वडा अध्यक्ष मनबहादुर सारुले बताए । जीप कच्ची सडकबाट २० मिटर तल खसेको छ । रानाको उपचारका लागि तानसेन ल्याउने क्रममै मृत्यु भएको हो ।

प्रकाशित: ११ माघ २०७४ ०३:०० बिहीबार

जीप दुर्घटनामा एकको मृत्यु