समाज

कर्णालीमा हिमपातले जनजीवन कष्टकर

कालिकोट- कर्णालीका हुम्ला, जुम्ला, मुगु डोल्पा र कालिकोट जिल्लामा मंगलबार रातीदेखि हिमपात सुरु भएको छ। खडेरीले किसानहरु चिन्तित भएको बेला एक्कासी हिमपात भएको हो। किसानहरु पानी र हिमपात हुँदा खुसी छन्। 

हिमपातसँगै चिसो बढेपछि कर्णालीका पाँचै जिल्लासहित सुदूर पश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको।

हिउँले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पासहित कालिकोटको माथिल्ला क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बाजुरामा पनि हिमपात भएको छ। रातिदेखि बिहानसम्म लगातार परेको हिउँका कारण तीन फिट भन्दा धेरै हिउँ जमेको छ।

हिमपातका कारण कर्णाली राजमार्ग अन्तर्गतको जुम्लाको नाग्म हुँदै मुगु सदरमुकाम गमगढी जोड्ने सडकखण्ड बन्द भएको छ।

प्रकाशित: १० माघ २०७४ ११:३७ बुधबार

कर्णालीमा हिमपातले जनजीवन कष्टकर