समाज

चिसोका कारण सिरहामा थप एकको मृत्यु

लहान –  अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा मंगलबार राति थप १ जनाको मृत्यु भएको छ। 

चिसोका कारण कठयाङ्ग्रीएर कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या १५ जना पुगेको छ।  (रासस)

प्रकाशित: १० माघ २०७४ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App