समाज

आफ्नै दलित कर्मचारीमाथि बलात्कारको प्रयास

पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ। नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।

सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ।

पीडक हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफन्तले जनाए।पीडित महिला र उनको श्रीमान् जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ।

प्रकाशित: ३० मंसिर २०८० ०७:३६ शनिबार

पोखरिया नगरपालिका दलित कर्मचारी बलात्कार पर्सा