समाज

सुर्तीजन्य पदार्थ बेच्न पाइने

फाइल तस्वीर

उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले शुक्रबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

श्रीराम टोबाको उद्योग सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको मंसिर १२ गतेको निर्णयविरुद्ध निवेदन दिएको थियो

प्रकाशित: ३० मंसिर २०८० ०६:४५ शनिबार

सुर्तीजन्य पदार्थ बेच्न पाइने उच्च अदालत पाटन