समाज

आज पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली  रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ।देशको तराईको थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम  सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग रहेको छ।

प्रकाशित: ३० मंसिर २०८० ०२:५७ शनिबार

हल्का हिमपात पहाडी तथा हिमाली भू भाग