समाज

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

काठमाडौं महानगरले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय गरेपछि त्यसविरुद्ध श्रीराम टोबाको उद्योगले रिट दायर गरेको थियो।  

प्रकाशित: २९ मंसिर २०८० १०:५१ शुक्रबार

उच्च अदालत पाटन