समाज

श्रव्यविहिन बालबालिकालाई सहयोग

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका स्थित जनताप्राविमा अध्ययनरत ३० जनाश्रव्यविहिन (कान नसुन्ने) बालबालिकालाई सोमबार दिउँसो हरिवनका युवाहरुको समूहले सहयोग गरेको छ।

शिक्षाको उज्यालो घामबाट कोहि पनिबन्चितनहुन् भन्ने उद्देश्यले सरस्वती पूजाको अबसर पारेर हरिपुर नगरपालिका–९, ढापटोल स्थित विद्यालयकाविद्यार्थीलाई अध्ययन एवं लगाउने सामग्री सहयोग गरिएको हरिवनका युवा युवराज भण्डारीले जानकारी दिए ।

भण्डारीकाअनुसार हरिवनका युवाहरुबीच सहयोग रकम संकलन गरेर श्रव्यविहिन बालबालिकालाई एक–एक थान न्यानो हुने टोपी, मोजा, लेख्ने सिसाकलम र चकलेट लगायत सामग्री दिइएको हो।

श्रव्यविहिन बालबालिकालाई युवाले दिएको सानो सहयोगले पनि ठूलो टेवा पुगेको विद्यालयका प्रअ सत्यनारायण चौधरीले जानकारी दिए।

प्रकाशित: ८ माघ २०७४ ११:२७ सोमबार

श्रव्यविहिन बालबालिकालाई