समाज

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

सेनाले शुक्रवार सूचना प्रकाशित गर्दै ती पदमा कर्मचारी मागेको हो। सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, मर्मततर्फ १२ जना, सैनिक ब्यान्डतर्फ १४ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी माग गरेको हो। सेनाले शुक्रवार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै ती कर्मचारी मागेको हो।

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिन सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। दरखास्तका लागि पदअनुसार फरक फरक दरखास्त शुल्क तोकिएको छ।

प्रकाशित: २९ मंसिर २०८० ०१:४२ शुक्रबार

नेपाली सेना हवाई सेवा प्राविधिक सेवा रिक्त पदपूर्ति १२५ जना कर्मचारी माग छनौट केन्द्र स्वयम्भू