त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो।
मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए।
प्रकाशित: २८ मंसिर २०८० ०७:४९ बिहीबार