समाज

फेवातालको आकार बढाउन सांसदको पहल

पोखरा – पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षकको केन्द्रमा रहेको फेवा तालको आकार बढाउन काम सुरु हुने भएको छ। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले फेवा तालको आकार बढाउने काम एक हप्ताभित्र सुरु हुने जानकारी दिए।

आइतबार प्रदेशसभा सदस्यको सपथ लिएलगत्तै फेवा तालको अवलोकन गर्दै पहारीले ताल फराकिलो बनाउने काम अबको एक हप्ताभित्र सुरु हुने बताएका हुन्। ‘स्रोतको खोजी भैइरहेको छ, अब रफ्तारमा काम अघि बढ्छ,’ उनले भने। तालको संरक्षणका लागि सबै प्रकार सहयोग गर्ने उनको भनाई छ।      

पहारीले फेवाताल फराकिलो बनाउने भनेर निर्वाचनमा जनतासामु प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ७ माघ २०७४ १२:०२ आइतबार

फेवातालको आकार बढाउन सांसदको पहल