समाज

रुखबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

सोलुखुम्बु – रुखबाट लडेर जिल्लाको सोताङमा एक जनाको ज्यान गएको छ। रुखको घास झार्ने क्रममा सोताङ ३ को बनेल्दुका ५० वर्षीय आतुरे राईको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।

दिउँसो रुखबाट लडेका राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङले काठमाडौं रेफर गरेको थियो। उपचारका लागि काठमाडौ लैजादै गर्दा उनको चुर्दीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।  

प्रकाशित: ७ माघ २०७४ ११:५४ आइतबार

रुखबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु