समाज

तराईमा न्यानो बाँड्दै वाइसिएल

काठमाडौं – वाइसिएल नेपालले तराईका शितलहर प्रभावित जिल्लामा न्यायो बाँड्न सुरु गरेको छ।

अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वमा तराई पुगेको केन्द्रिय टोलीले महोत्तरीस्थित भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका दुई सय परिवारलाई कम्बल वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो।

शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउँसो धनुषाको धनुषाधाम नगरपालिका ६, ८, ९ मा न्यानो वितरण गरेको महासचिव सुबोधराज शेर्पालीले बताए।

उनका अनुसार महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको छ। साथै ५० हेक्कड जमीन मिच्न खोजिएको पर्साको वीरगंजमा समेत वाइसिएल पुग्नेछ।

प्रकाशित: ६ माघ २०७४ १२:३९ शनिबार

तराईमा न्यानो बाँड्दै वाइसिएल