समाज

शितलहर पीडितलाई युवा संघको न्यानो

सिरहा – युवा संघ नेपालले तराईका शितलहर पीडितलाई राहत वितरण गरेको छ।

अध्यक्ष राजीव पहारी, उपाध्यक्ष चन्द्र लामासहितको नेतृत्वमा तराई आएको टोलीले शुक्रबार सिरहाको कल्याणपुरका पीडितलाई न्यानो कपडा तथा दैनिक आवश्यकीय सामग्री वितरण गरेको हो।

सिरहाका साथै अन्य प्रभावित जिल्लामा पनि स्थानीय प्रशासनसँग समन्वय गरी दैनिक उपभोग्य सामग्री वितरण गरिरहेको अध्यक्ष पहारीले बताए।

राहत वितरण गर्न अध्यक्ष पहारी, उपाध्यक्ष लामासहित सचिवालय सदस्य रमेश आचार्य, संघको स्वास्थ्य विभागका सचिव सन्तोष सिलवाललगायत युवा कार्यकर्ता तराईमा खटिएका छन्।

प्रकाशित: ६ माघ २०७४ ०९:०६ शनिबार

शितलहर पीडितलाई युवा संघको न्यानो