समाज

ललितपुरको झम्सीखेलमा गोली चल्यो

ललितपुरको झम्सीखेलमा गोली चलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ। उनको साथबाट हतियारसहित दुई थान गोली बरामद भएको छ।

अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

प्रकाशित: २६ मंसिर २०८० ०७:५५ मंगलबार

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली झम्सीखेलमा गोली चल्यो