समाज

आत्मरतिको विष्फोट!

यस्तो पनि!

युट्युबमा तपाईले आत्मरति अर्थात् नार्सिसिस्ट खान्नुभयो भने अनेकन् भिडियोहरू ज्ञान दिन हाजिर छन्। अचेल पडकास्टहरुमा पनि यस्ता विषय निकै सुनिन रुचाइने विषय बनेका छन्। यो कुराको प्रमाण पडकास्टहरूको सूचीमा यो विधा खोन्दा पनि थाहा हुन्छ।

अन्डरस्ट्यान्डिङ द नार्मिसिस्टस इन योर लाइफ एन्ड वाट अबाउट देम अहिले निकै चल्तीको पडकास्ट हो। त्यसमा आत्मरति भएकालाई कसरी त्याग्ने, आत्मरति भएका मानिस कसरी चिन्नेदेखि लिएर सँगै भएको मानिस आत्मरतिवाला भएको चिन्ने १३ संकेत, आत्मरतिवालासँग कसरी छड्किने लगायतका कयाैं विषय मजाले सुन्न सकिन्छ।

यी सारा सूची देख्दा यस्तो लाग्छ कि सारा संसार आत्मरतिमा रमाइरहेको छ। अचेल आत्मरति बढेका हुन्? आधुनिक संस्कृतिले यो बढाएको हो? या यो रोगका रूपमा बढेको हो?

अमेरिकी साइकियाट्रिक एसोसिएसनले त अत्यधिक आत्मरतिलाई एक किसिमको मनोरोग नै मानेको छ। जोसँग करुणा, कृतज्ञता र अरूप्रति अहोभाव छैन, ती मनोरोगी हुन्। जसलाई निरन्तर प्रशंसा चाहिन्छ, ती रोगी हुन्। अमेरिकामा यस्ता मनोरोगीको संख्या पाँचदेखि पाँच प्रतिशतसम्म भएको र तीमध्ये पुरुषहरूमा यो प्रवृत्ति बढी देखिएको एउटा अध्ययनले देखाएको छ।

यो कति संक्रामक रूपमा बढेको छ भने सन् २००९ मा नै बसलाई इंगित गर्दै मनोवैज्ञानिकहरू जिन ट्वेन्ज र डब्लु किथ क्याम्पबेलले ’द नार्सिसिज्य एपिडेमिक लिभिङ इन द एज अफ इन्टाइटलमेन्ट’ पुस्तक लेखेका थिए। उनीहरूको अध्ययनमा सन् १९७० को दशकयता आत्मरतिको विष्फोट भएको हो।

केहीको आत्मरति यति संक्रामक छ कि उनीहरूले कम आत्मरतिमा रमाउनेहरूलाई पनि यसमा घिसारेका छन्। पहिलो आइफोनको सेल्फी लिने सुविधा, फेसबुकले शुरू गरेको ’लाइक’ बटमसँगै अचेलका इन्टरनेट सामग्रीहरूले यस्ता कुरामा झुकाव बढाउन भूमिका खेलिरहेको तर्क अघि सारेका छन्। तर आत्मरति फैलने मुख्य उमेर भएका विद्यार्थीहरूमाझ सन् ८० १९० मा बढी देखिए पनि २०१७ मा गरिएको अध्ययनले अघिल्ला पुस्ताभन्दा यो पुस्ता उस्तो बढी आत्मरत् रहेको पाइएको थियो।

नेपालमा पनि आत्मरतिमा रमाउने बढे भनेर चिन्ता लिनु पर्दैन। एउटा समयपछि यसबाट पनि वाक्क भएर मान्छे सामान्य जीवनमा फर्कने पक्का छ किनभने अमेरिकामा पनि वाक्कदिक्क हुनेहरूको संख्या बढिरहेको छ। नेपालमा समय लाग्न सक्छ, यो अलग कुरा हो।

 -अच्युत कोइराला

प्रकाशित: २६ मंसिर २०८० ०५:५६ मंगलबार