समाज

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

काठमाडौँ- यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ।

सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई रु २५ हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरे।

यस्तै नेपालको टेलिभिजन पत्रकारितामा विशेष योगदान पुर्‍याएवापत ‘नेपाल टेलिभिजन’का समाचार सम्पादक अनिता विन्दुलाई रु १५ हजार सहित सम्मान गरिएको छ।
यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वाध्यक्ष धर्मेन्द्र झा, ‘रेडियो नेपाल’का तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिश चन्द र ‘द टेलिग्राफ’का प्रधानसम्पादक नरेन्द्रप्रसाद उपाध्याय सम्मानित भएका छ्। उनहरूलाई माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरियो। सो कार्यक्रममा ‘मातृभूमि साप्ताहिक’को सम्पादकीय संग्रह भाग तीनको लोकार्पण गरिएको थियो।
सो अवसरमा अर्थमन्त्री कार्कीले समाजलाई जिम्मेवार बनाउन सञ्चारकर्मीको ठूलो भूमिका रहने बताए। “वियोगी धेरै दुःख र कष्टका साथ सञ्चारमाध्यमको क्षेत्रबाट समाज परिवर्तनका लागि लाग्नुभएको हो,”, उनले भने। मन्त्री कार्कीले वियोगीका नाममा बन्न लागेको पत्रकारिता अध्ययन केन्द्रका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले सञ्चारकर्मी वियोगीको नामलाई चिरस्थायी बनाउन संस्थाले सञ्चालन गरेको गतिविधिलाई एमालेले सहयोग गर्ने घोषण गरे।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाली पत्रकारिता क्रमशः आधुनिक युगमा प्रवेश गरेकाले त्यहीअनुसार पत्रकारिताको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताए।

 

प्रकाशित: ४ माघ २०७४ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App