समाज

दाङको बन्द झनै कडा

दाङ – पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आन्दोलन झनै कडा बनेको छ। बिहिबार पनि बिहानै देखि दाङ ठप्प पारिएको छ। बन्दका कारण यातायातका साधन, शिक्षण संस्था, उद्योगधन्दा बजार समेत पूर्णरुपमा ठप्प भएका छन्। 

दाङलाई राजधानी घोषणा नगरिएकोमा आक्रोशित आन्दोलनकारीले बिहिबार बिहानैदेखि बजारका चोकचोकमा उभिएर सवारी आवागमन ठप्प पारेका छन्। 

यता लमहीमा गरिएको आन्दोलनले पूर्वपश्चिम राजमार्ग र तुलसीपुरमा गरिएको आन्दोलनले पहाडी जिल्लाको सवारी साधन आवागमन ठप्प बनेको छ। बन्दकर्ताहरुले बिहानै देखि प्रदर्शन गरिरहेका छन्। 

दाङमा होटल समेत बन्द गरिएका छन् भने अटो रिक्सा समेत चल्न दिईएको छैन। आक्रोशित आन्दोलनकारीहरुले एम्बुलेन्स समेत चल्न दिएका छैनन्।  

प्रकाशित: ४ माघ २०७४ ०३:५९ बिहीबार

दाङको झनै कडा