समाज

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

लौकाहा गाउँमा आफ्नै खेत जोतिरहेका बेला बिजुलीको तार शरीरमा खस्दा पण्डितको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै गोरु पनि मरेको छ।

बाली लगाउनका खेत जोतिरहेका बेला हली पण्डित र गोरुको जीउमाथि तार चुँडिएर खसेको थियो। घटना दिउँसो भए पनि साँझसम्म घटनास्थलमा जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत् प्राधिकरका मानिस कोही नपुग्दा स्थानीय आक्रोशित बनेका छन्।

शव साँझसम्म घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८० १४:४० शनिबार

वैजुलाल पण्डित करेन्ट लागेर मृत्यु लौकाहा गाउँ माधव नारायण नगरपालिका