समाज

पहाडी भूभागमा आंशिक बदली तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

आज दिउँसो  देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका  एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी , गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

प्रकाशित: २३ मंसिर २०८० ०३:२१ शनिबार

आंशिक बदली हल्का हिमपात जल तथा मौसम विज्ञान विभाग