काठमाडौं– नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।
छापा माध्यममा गरिबी निवारणसम्बन्धी खोजमूलक समाचार लेखेबापत दास पुरस्कृत भएका हुन्। दाससँगै द हिमालयन टाइम्सका बाजुरा संवाददाता प्रकाश सिंह, सामुदायिक रेडियो नेटवर्ककी लक्ष्मी बस्नेत र जनतापत्र साप्ताहिक, सिन्धुपाल्चोकका टीका सुवेदी पुरस्कृत भएका छन्।
प्रकाशित: ३० पुस २०७४ १३:३० आइतबार