समाज

करेन्ट लागेर एकको मृत्यु

मंगलबारे – इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ। 

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो। 

आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ। 

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। 

प्रकाशित: ३० पुस २०७४ ०५:२१ आइतबार

करेन्ट लागेर एकको मृत्यु