समाज

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

अछाम – अछामको रामारोशन गाउँपालिका ५ मा एक बालकको तरुल खन्ने बेला ढुंगाले च्यापेर एक बालकको ज्यान गएको छ ।
शुक्रबार बेलुकीपख घर नजिकै गह्रामा घर तरुल खन्ने क्रममा नर बटालाको छोरा १२ वर्षीय श्याम बटालाको ढुंगाले च्यापिएर ज्यान गएको स्थानीय काली बुढाले जानकारी दिए । ठूला बुबासंगै तरुल खन्ने क्रममा ढुंगा खसेर उनको घटनास्थलमै ज्यान गएको बुझिएको छ।

मृतक बटाला स्थानीय निलकन्ठ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको स्थानीय काली बुढाले जानकारी दिए।

प्रकाशित: २९ पुस २०७४ ०६:५१ शनिबार

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु