समाज

युवा व्यवसायी हुसैन सम्मानित

काठमाडौँ – विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी नाजिर हुसैन विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन्। 

फोकस नेपालले काठमाडौँमा शुृक्रबार आयोजना गरेको पर्यटन प्रवद्र्धनमा नवनिर्वाचित जनप्रतिनिधि र नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रममा व्यवसायी हुसैन सम्मानित भएका हुन्। 

उनीसँगै शेषराज आचार्य, सिंहराज ब्रजाचार्य, इन्द्रमान महर्जन, विवेक विजुच्छे लगायत सम्मानित भएका छन् । रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजका  विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो। 

प्रकाशित: २९ पुस २०७४ ०२:११ शनिबार

युवा व्यवसायी हुसैन सम्मानित