समाज

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

काठमाडौं – अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ।

गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो।

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ।

दोहाबाट काठमाडौं आएका उनीहरुका साथमा रहेको सो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो।

प्रकाशित: २८ पुस २०७४ १५:५९ शुक्रबार

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ