समाज

माईत हिँडेकी महिला खोलामा मृत फेला

खोटाङ – खोटाङमा माईत हिँडेकी महिला खोलामा मृत फेला परेकी छन्। पुस २५ गते माईती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी हुन्। बेपत्ता भएपछि खोजीका क्रममा बिहिबार स्थानीय लिदिङ खोलामा तामाङको शव मृत फेला परेको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका वडाध्यक्ष झनकुमार राईले बताए।

तामाङको शव खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा फेला गरेको हो। ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेमा रहेको माईती घर जानेक्रममा उनी बेपत्ता बनेकी थिइन। मृतक तामाङ ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी वडा सदस्य छिरिङल्हामु तामाङको सासुआमा हुन्।

प्रकाशित: २८ पुस २०७४ १५:१४ शुक्रबार

माईत हिँडेकी महिला खोलामा फेला